Friday, January 29, 2016

बारूद सिरानी, धुवाँ सिरक भो

बारूद सिरानी, धुवाँ सिरक भो
नसोध मलाई, युद्ध के भनेर

बेचेर लुम्बिनी, दसगजा कटाउंदै
नखोज म भित्र, बुद्ध खै भनेर

बढाबढ् लिलामी, सिमाना देखाइ
ब्यर्थैको पुछानी, क्रुद्ध  छस् भनेर

चोबल्यौ संगिन्, अछुतो कहिं छैन
धारा बागमती, सुद्ध छ भनेर

पड्किन्नन् शीखा, जती तेल थप
बारूद सिरानी, धुवाँ सिरक भो
नसोध मलाई, युद्ध के भनेर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...