Thursday, January 28, 2016

पोखे शब्दका सहारामा, कबिता बने

बगे आँखाबाट भावना, रमिता बने
पोखे शब्दका सहारामा, कबिता बने

मेरी अबिछिन्न ईन्द्रावती, बगे सरह
विश्वाश छ एकदिन त, सरिता बने

सभ्यता अनि संस्कार, खोज्नेछु अझै
बुझ्नेछन् सबजनले जो, नमिता बने  

कोर्दछु बह् गहका मसीले, पढे है सखी
लाखौंमा एकल राधाकी, ललिता बने

बगे आँखाबाट भावना, रमिता बने
पोखे शब्दका सहारामा, कबिता बने

,,,,,,,,,,,,,,,,,,,
सरिता- धारा प्रबाह नदी (हिन्दी उर्दु)
ललिता - पौराणिक कथामा राधाको घनिस्ठ साथी
नमिता - झुक्नु, प्रार्थना गर्ने ब्यक्ती

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...