Friday, January 29, 2016

तिम्रो मनकी रानी हुँं म

गीत

तिमी मेरो मनको राजा
तिम्रो मनकी रानी हुँं म
परेलीका झपक भित्र
लुकाइ राख नानी हुँं म

तिमी मेरी जुन तारा हौ  
तिमी बादल पानी हुँं म
मायालुको मन्दिर भित्र
पिरती कै थानी हुँं म

तिमी माली म फुलको बोट
तिमी सन्ध्या बिहानी हुँं म

आउ राजा राज गर आजै
पाएक पर्ने राजधानी हुँं म
तिमी मेरो मनको राजा
तिम्रो मनकी रानी हुँं म 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...