Monday, February 1, 2016

झरनाले प्याश मेट्छ, खारापानी समुन्द्रको

मच्चिएर आएपनि छाल्, सुस्ताएर जान्छन्
किनारमा भेटिएका'लाई, लत्याएर जान्छन्

पत्थरीला ती ढिस्काहरु, ढाल् बने छाल् रोक्न
कमजोर पात पतिङ्गर, हुत्याएर जान्छन्

झरनाले प्याश मेट्छ, खारापानी समुन्द्रको
त्यही भेट्न नदी आँफै, रित्याएर जान्छन्

आउने जाने ज्वार-भाटा, चन्द्र'सूर्य गतिहेरी
कहिलेकाही त हाम्रै खुशी, हत्याएर जान्छन्

दिक'दारीमा सागर छेउ, परपर क्षितिज हेर्छु
यस्तो लाग्छ छालहरुले, निम्त्याएर जान्छन्
------
तस्बिर आजको आफ्नै
(गजल जस्तै, कस्तो बन्यो? कुन्नी! मित्रहरुको सुझाब सल्लाहको आशामा )

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...