Friday, February 26, 2016

जय होस्

नसोचेको भयो,
र हुँदैछ आज पनि,
'लोकतन्त्र'को अभ्यास,
हो नि अभ्यास लोकतन्त्रको
जङ्गल, भिड र सदरमुकाम र
सदरमुकाम, भिड र शिंह दरबार।
लोकले जानेबुझेको परिभाषा यही नै हो।
सायद, पादुर्भाब गतिलो भएन वा अभियन्ताहरु
प्रजान्तान्त्रिक दायित्व बोध कमजोर भएर त
पक्कै होइन किन कि कथित निर्बाचित
पधाधिकारीहरुकै बाहुल्य छ देशमा
जनता खुला स्वतन्त्र छौं भन्छन्
आकाश मुनि यो भन्दा बढी
अर्को स्वतन्त्रता हुन्छ र?
सोध्छन् मलाई तर
नाजवाफ छु म।
लोक जांदैछ
कहाँ?
पहुंच उसैको छ
पुरातनबादी र शक्तिका पूजारीहरुको
न प्रजातन्त्रको काफल पाक्यो कुनै बषन्तमा
न कुनै कोइलिले नै गायो हाम्रो स्वतन्त्रताको गीत
नगर बढे शहर बढे, सिमाना पनि बढे दक्षिण तिर नै
परन्तु लोकतन्त्रको टसमस देखिएन कतै, हो बढेका भने पक्कै हुन्
मन्त्रालय र मन्त्रिहरु,गाडी बढेकै हुन, सडकमा लावा लस्कर बढेकै हुन्
न कर्णालीमा नुन पुग्यो न राजाधानीकी बहिनी सिन्धुपाल्चोकमा त्रिपाल नै पुग्यो
तुशारोले लोकतन्त्रको कबिता बाचन गरिरह्यो, शिंहदरबार भने न्याना कम्मलका गीत बजाउंदै,
हो। ठोकुवा गर्छु म आज, यो नै लोकतन्त्रको अभ्यास हो। नयाँ नेपालमा हाम्रो।
प्रधानमन्त्री देशको हुन कहिल्यै सकेनन् चाहे प्रजातान्त्रिक हुन या लिबेराल!!
जय होस्





No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...