Wednesday, February 24, 2016

भएन खै गजल, दमदारको अब

देख्दिन म सपना, दरबारको अब 
केबल खांचो एक, घरबारको अब!

छिमेक असती गिद्धे नजर उस्को 
लाग्दैन डर साथी, तरबारको अब !

राजधानिमै हरायो गाउँबस्ती पुग्दैन 
छैन केही भरोषा, सरकारको अब !

निडर छन् 'कल्पना' देख्छु सपना 
विश्वाश छ केबल, गजबारको अब!

भेट्नेछु नाउ भेट्नेछु ती सँगी सारा 
पुग्नेछु छाल सँगै, मझधारमा अब

बहरमा छैनन, रदिफ काफिया खै ??
भएन खै गजल, दमदारको अब !!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...