Thursday, February 18, 2016

टेक्न पाए कालापत्थर हजुर, जाने छैन जून

चित्र कला सार्थक मित्र लालकाजी लामा 
(अाफ्नै मात्रृभूमि ! जल रंगमा,फेसबुक बाट)


हिमचुलीको पानी मिठो, चौंरी गाईको ऊन

शेर्पा दाईको बोलीराम्रो, हाम्रै तुङनाको धून

बिहानीमा हिमाल हाँस्छ, छर्दै सुनौला लाली
कस्लाई मन लाग्दैन होला, लालीगुराँश छुन

मुक्तिनाथ बेणीधाम, ती दुध पोखरी गोरखा
टेक्न पाए कालापत्थर हजुर, जाने छैन जून

डाँफे नाच्ने मनाङ हाम्रै, मजुर नाच्ने तराई  
फाफर रोटी गुन्द्रुक अनि, सुनकोशीका सुन

प्रकृतिले रङ्याएको, सुना-खरी फुल्ने पाखा
एक्लिएका न्याउली पनि, भुल्छन् यहाँ रून

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...