Thursday, February 11, 2016

धरो'धर्म, त्यो मन्दिरबाट राम हरायो


एक्लो भयो साँझ आज, जाम हरायो
हिजो सम्म भेट हुनेका, लाम हरायो

सम्हालेर राखेको थें छाती भित्र सखी
आज आफ्नै सखीहरुका नाम हरायो

खेत बाँझो स्वदेसमा युवा पलायन
पसीनाको मूल्य सहित् खाम हरायो

मजबुत लाग्थे विश्वाश आस्था अझै छ
कहाँ'कहाँ खोजौं? धरोहरका थाम हरायो

मन्दिर पनि खाली देख्छु धर्म बिक्रिमा
धरो'धर्म, त्यो मन्दिरबाट राम हरायो !!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...