Wednesday, February 3, 2016

आफ्नै घराँ राँको झोसी, आगो ताप्न पल्केका छौ

आफ्नै घराँ राँको झोसी, आगो ताप्न पल्केका छौ
त्वम् प्रभु स्वामी शरणम्, 'लालु' सँग सल्केका छौ !!
मधेषीको आन मान सम्मान, बिहारीको लंगौटिमा
आधा गाग्रो धमिलो पानी त्यसै त्यसै छल्केका छौ !!
अधिकारको कुरा गर्छौ कर्तब्य के हो 'क्या मालुम'
लाज छैन मधेस भन्दै,, त्यै यु पि तिरै ढल्केका छौ !!
जन्मस्थलो सीतामढी नागरीकता भने काठमाडौंको
लक्ष्मी सिता भ्रिकुटी बिर्सी "सबिता" सँ झल्केका छौ !!
केपो चिन्थ्यो हिरा हजुर यो आरान थाप्ने लोहारले
मन मुटु भने भारतीय 'नेपाली' हुँं भन्दै टल्केका छौ !!
-----------------------------------
अन्य कुरा तस्बिर आँफै बोल्छ!


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...