Friday, February 26, 2016

एेनामा देख्छु, जवानी छचल्किए!


(Art of Pablo Picasso)
---------------------------------
लेख्दैछु मेरा, कहानी छचल्किए
एेनामा देख्छु, जवानी छचल्किए!
रात बित्दैछन्, सधैं अङ्गडाईमा
त्यसैले मेरा, बिहानी छचल्किए!
पदचाप् सुन्छु, आएकी कोही भनी
भित्तामा उस्का, निशानी छचल्किए!
बिगत हाम्रा, फक्रेका ति लालिमा
यात्रा उस्तै थे, सुहानी छचल्किए!
भावना मेरा, सुख दु:खका साथी
पोखीए शब्द, रूमानी छचल्किए !
Kalpana Paudel Acharya's photo.

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...