Friday, February 12, 2016

उठ्नेछ धरहरा

तस्बिर सर्जक मित्र लालकाजी लामा 



उठ्नेछ धरहरा,
जुरुक्क एकदिन
जब पोतिनेछन् रङ्गहरु
क्यान्भास हुँदै मनहरुमा
नाथे भूकम्पलाई चुनौती दिंदै,
देख्दैछु पूर्वका क्षितिज
स्वर्णिम बिहानी निम्त्याउंदै छ
कान्तिपुरिनगरी लाई नुहाउन
शान्ती र समृद्धीका किरणहरुले।
हरेक बिहानी भन्दा पृथक हुनेछन्
भोलिका बिहानीहरु,
किन कि कुचीहरु उठिसकेका छन्
रङ्गाउन हाम्रा धरोहरहरु।
आश्था विश्वाश भरोशा
डगमगाएका थिएनन्।
माटो र इंटका जिर्ण थुप्राहरु भात्किएका थिए,
हो नि लामो समय उभिएको धरहरा
थाकेर थकाई मारेको पो हो त,
तङ्ग्रिसकेको छ अब,
भरे भोलिमा नै उठ्ने छ
अनि उठाउनेछ
उ भन्दा कान्छा
धरोहरहरुलाई।
बिर्सनेछन् शहरबासीले
कि धरहरा आराम गरेको थियो कुनै दिन।
उठ्नेछ धरहरा,
नियाली हेर्नुस्
उठ्दैछ धरहरा
--------------
अस्तु,
श्रीभक्त पौडेल "आफन्त"
शुक्रबार २९ माघ, २०७२
रामपुर चितवन

धमिली कुवा छोडेर आयौ ईनारको खोजीमा
मझधार मै अल्झ्यो जिवन किनारको खोजीमा  

उठाऔं हाम्रा भिमसेन स्तम्भ अनेकौं धरोहर
पर्दैन धाउन कतै कुतुब् मीनारको खोजीमा

हीराफल्छ पौरख्गरौं बुद्ध लेखेको जमीनमा  
ए कति जान्छौ मरुभूमी दिनारको खोजीमा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...