Monday, February 1, 2016

बोल्दिन भो तिमी सँग, मेरै कुरा काटी हिंड्यौ

गीत
बोल्दिन भो तिमी सँग, मेरै कुरा काटी हिंड्यौ  
मेरै नाम बदनाम् गर्दै, कैयौं गाउँ ढांटी हिंड्यौ

सँगै जिउने सँगै मर्ने, बाचा'कसम सुन्दा मिठा
बैनादिएं पिरतीमा, ति झुम्काचुरा साटी हिंड्यौ

मैदान सम्झी मझेरी'मा, पिरतीको खामो गाड्यौ  
मक्याएर त्यो प्रेमखामो, नाना बात छांटी हिंड्यौ

त्यो क्षितीज र इन्द्रेणी झैँ, मेल थियो हाम्रो माया
चट्यांङ् पारी यो छातीमा, बादलु झैँ फाटी हिंड्यौ

सिँगै छनि यो दुनियाँ, जलाउन "आफन्त"लाई
पराईको अङ्गालोमा, रेशम् चुल्ठो बाटी हिंड्यौ

बोल्दिन भो तिमी सँग, मेरै कुरा काटी हिंड्यौ   

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...