Friday, February 12, 2016

गुलाब होइन, कम्मल बांडे हुन्थ्यो


गुलाब होइन, कम्मल बांडे हुन्थ्यो
भोकमा खाने, अम्मल बांडे हुन्थ्यो !
फुटे कुर्कुच्चा चरचरी ठिग्रो धुलोले
बांड्ने नै भए, चप्पल बांडे हुन्थ्यो !
चाहिन्न महल, र चौरासी ब्यन्जन
हाइफाइ हैन, सिम्पल बांडे हुन्थ्यो !
नदेखाउ खोक्रो आडम्बर दुनियाँको
आफ्नै अनुहार सक्कल बांडे हुन्थ्यो !
अलिकती आगो, अलिकती न्यानो
सधैं कामलाग्ने अब्बल बांडे हुन्थ्यो !
(प्रणय दिवसको लागि नेपालमा लाखौंको गुलाब भित्रिदै छ - समाचार)
Like
Comment
Ruby Acharya, Sh
43 share 
409Shree Bhakta Paudel, Sharada Paudel, Bharat Acharya and 406 others

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...