Saturday, February 27, 2016

गीत


बटुलेर टालाटुली, तिमी संगै खेल्छु म त
तिमी पोल मिठा रोटी, आँटो पिठो बेल्छु म त
जंघारमा हात देउ, लामो यात्रा संगै काटौं
तिम्रो साथ पाएँ भने, जे आए'नी झेल्छु म त
जिन्दगीको डोर यहाँ, घन'घोर छ भन्छन्
पहाड नै ठोक्के पनि, ह्याकुलाले पेल्छु म त
सुनामी रोक्छ् परेलाले, बादल हट्छ नजरमा
हावाहुरी आँधि तुफान्, हत्केलाले ठेल्छु म त
ईशाराले बोलाउँछु, दौडी आउ है मेरो सानु
फुस्किएर भाग्न खोजे, अङ्गलोले जेल्छु म त
बटुलेर टालाटुली, तिमी संगै खेल्छु म त
तिमी पोल मिठा रोटी, आँटो पिठो बेल्छु म त !!!!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...