Wednesday, February 24, 2016

अभागी जिन्दगीमा!

Facebook status


??
जाउँ पो कहाँ, भागी जिन्दगीमा
बांच्नुनै त छ, मागी जिन्दगीमा!
सबै'लाई आफ्नो, मित्र नै ठान्थें
धेरै पो निस्के, बागी जिन्दगीमा!
ओझेल र पानी, घाम छाया जस्तै
कमजोर देख्नथालें, धागी* जिन्दगीमा!
पुर्णिमामा आज खग्रास् लागे जस्तो
यस्तैयस्तै त छ, दागी जिन्दगीमा!
फ्याकुं कहाँ फ्याकुं, प्यारो लाग्छ
खै केछ केछ, अभागी जिन्दगीमा!
---------------
धागी:सुइरी,मसिनी,धागोको सानो रूप


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...