Thursday, February 11, 2016

सोर्ह सृङ्गार


दोस झरिको
चिप्लायो आङ्गनमा
लेउ मायाको !!

जवानी बैंश
हेर्दैन दाँया बाँया
घात भयो रे!

के टुसाउंथ्यो
मायाका पालुवा खै
रूखो नजर !!

यसै न उसै
हिउँद त जाने भो
लगन खै त?

सोर्ह सृङ्गार
ब्यर्थै घसीछौ नानु
कसले हेर्छ ? 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...