Thursday, February 11, 2016

सोर्ह सृङ्गार


दोस झरिको
चिप्लायो आङ्गनमा
लेउ मायाको !!

जवानी बैंश
हेर्दैन दाँया बाँया
घात भयो रे!

के टुसाउंथ्यो
मायाका पालुवा खै
रूखो नजर !!

यसै न उसै
हिउँद त जाने भो
लगन खै त?

सोर्ह सृङ्गार
ब्यर्थै घसीछौ नानु
कसले हेर्छ ? 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...