Wednesday, February 10, 2016

निरमाया माकुरीको जाल बेग्लै छ

मुटु उही आज'भोलि चाल बेग्लैछ
ज्वारभाटा समुन्द्रका छाल बेग्लैछ

पारदर्शी छँदैछैन के भो के भो खै
निरमाया माकुरीको जाल बेग्लै छ

आफुँ रुँदा, सँगै रुने, एेना फुटेछ
बिनाचोट एेनाफुट्ने काल बेग्लै छ

सुसाउंदैन सालघारी साउन कता गो
पारीपाखा निन्याउरो ताल बेग्लै छ


हिजोजस्तो आजछैन यो आफन्तको
देख्नु हुन्न नशा सधैं हाल बेग्लै छ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...