Wednesday, February 24, 2016

गजल समकालिन साहित्य प्रतिष्ठानमा प्रकाषित

खोलिनेछन् बिस्तारै, छिमेकीका पोकाहरु 
भेटिनेछन् कतिचले, सिमानामा खोकाहरु 

बोक्सी आँफै धामी आँफै, निको पारे रोग 
पिल्सिरा'छन् अझै ,६ महिनाका फोकाहरु 

माउ खानेले चल्ला, चल्ला खानेले माउ 
पिरलाग्छ बढ्नेहुन्, कि दक्षिणका ढोकाहरु   

भोकालाई खिर भयो, सौहाद्रताका हात आज 
जुग जुग टिके हुन्थ्यो, सम्मानका झोकाहरु  

कतिल्याए बरिस्ठले, चिची'सँग पापा हिजो 
अघिपछी टन्नै थिए, ति सवारीमा भोकाहरु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...