Sunday, February 21, 2016

दिल्ली बहिरो, काठमाडौं लाटो हुन्छ कि

दिल्ली बहिरो, काठमाडौं लाटो हुन्छ कि 
छिमेकी गुइँठे, असाध्यै बाठो हुन्छ कि!

चामल हो लैजा'लैजा त, भन्छन होला 
भोलि कतै, पोकोखोल्दा आँटो हुन्छ कि!

भएन हिसाबकिताब, बगिरहे ती नदिहरु 
सिर्फ त्यो ५० मेघावार्ड, साटो हुन्छ कि!

हात्ती आयो हाती आयो, फुस्सा नहोस् है 
सुध्रियोस सम्बन्ध, अझै फाटो हुन्छ कि!

दिल्ली दुर हें, तो कलकत्ता बहुत दुर हें 
र राजकिय भ्रमण, अर्कै पाटो हुन्छ कि ! 
----
@आशाबादी हुनु नै नेपालीको गुण हो!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...