Sunday, February 28, 2016

राजनिती

सिद्दान्त त हैन, कुर्चि भो राजनिती
नगद् नारायण, फुर्ति भो राजनिती

बिचारका द्वन्द, भन्दा पाखुरीका बलमा  
'बिरासत भित्र', घुर्कि भो राजनीति !!

भागबण्डामा सधैं, अल्झिएको देख्दादेख्दै
मानो पाथी खोज्थे, थुर्पि भो राजनीति,,

आस्था र विश्वाश, टुट्ने भो लोकतन्त्रमा  
मन मुटु कोक्याउने, सुर्ति भो राजनीति

न भाद् गाउँले टोपी, न दौरा सुरुवाल
ज्यान माराहरु कै, भर्ति भो राजनीति 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...