Friday, February 5, 2016

नपरोस भन्न देशमा, संबिधान छैन

नपरोस भन्न देशमा, संबिधान छैन
पाईन्न खोजेर यहाँ जो, बेइमान छैन !

मन्दिर मस्जिद, गुम्बा ती चैत्य छाडी
ढोग्दैछौं हामी पनि, जहाँं भगवान छैन

मान्छे हौं मान्छे बाटै, घ्रिणीत हुँदैछौं
भन्दैछौं अझै, मानबता अपमान छैन !

मुर्ख छ दुनियाँ, धर्म लिलाममा राख्छ
त्यसैले त यहाँ, कतै पनि ईमान छैन !

चित्कार सुन्छौं, अभाब तस्करको दोहोरी
बढ्दो छ रोग अति, किन्तु निदान छैन ! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...