Friday, February 5, 2016

नपरोस भन्न देशमा, संबिधान छैन

नपरोस भन्न देशमा, संबिधान छैन
पाईन्न खोजेर यहाँ जो, बेइमान छैन !

मन्दिर मस्जिद, गुम्बा ती चैत्य छाडी
ढोग्दैछौं हामी पनि, जहाँं भगवान छैन

मान्छे हौं मान्छे बाटै, घ्रिणीत हुँदैछौं
भन्दैछौं अझै, मानबता अपमान छैन !

मुर्ख छ दुनियाँ, धर्म लिलाममा राख्छ
त्यसैले त यहाँ, कतै पनि ईमान छैन !

चित्कार सुन्छौं, अभाब तस्करको दोहोरी
बढ्दो छ रोग अति, किन्तु निदान छैन ! 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...