Wednesday, February 3, 2016

बिर्सियौ कि सानु, एउटै घुम सँगै ओढेको

गीत

बिर्सियौ कि सानु,  एउटै घुम सँगै ओढेको
भदौरे त्यो झरिमा, सँग सँगै कोदो गोढेको!

सर्कायौ नि मोही मिठो थ्यो, थेबे मुलाको
मकै भटांस्, खाजा खांदा, कुमै जोडेको !

चरी भए उँड्थें आजै,पुग्थें तिम्रो गाउँ ऐल्यै
देउरालीमा, बाचा कसम्, ढुङ्गा जोडेको   !

कटुस टिप्थ्यौं तिंदु टिप्थ्यौं, बनगोठ जाँदा
कस्को दांत बलियो भन्दै, ओख्खर फोडेको !

सम्झनाले सताउंदा, मन रुन्छ पर्देशमा
सायद त्यो घुम फाट्यो, माया मोढेको !

२० माघ,२०७२ बुधवार 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...