Tuesday, February 23, 2016

required edit


खै! बेमौसमको झरी लाग्छ
झरिमा भिजेको चरी लाग्छ

जिन्दगी यस्तै रै'छ दोस्तों
यै काँचो केराको घरी लाग्छ

खाली खाली सुन्य छ संसार
उल्टो नै पिंधको भरी लाग्छ

बज्दैन मादल किन हो कुन्नी
घिन्ताङ् झरेको खरी लाग्छ

मुँगा मोती निलम हैन जीवन
सारी किनारको जरी लाग्छ

बिजाउंछ बिछ्छौना कोमल भए नि
जमिनमा फिंजाको दरी लाग्छ 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...