Tuesday, February 23, 2016

required edit


खै! बेमौसमको झरी लाग्छ
झरिमा भिजेको चरी लाग्छ

जिन्दगी यस्तै रै'छ दोस्तों
यै काँचो केराको घरी लाग्छ

खाली खाली सुन्य छ संसार
उल्टो नै पिंधको भरी लाग्छ

बज्दैन मादल किन हो कुन्नी
घिन्ताङ् झरेको खरी लाग्छ

मुँगा मोती निलम हैन जीवन
सारी किनारको जरी लाग्छ

बिजाउंछ बिछ्छौना कोमल भए नि
जमिनमा फिंजाको दरी लाग्छ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...