Sunday, February 14, 2016

धराप हुँदैछ माया

भरोसाको थाम बिना,,, धराप हुँदैछ माया
मोह भोक असन्तुस्टीको, सराप हुँदैछ माया

मुटु बेच्छन् तराजुमा मोल के हो थाहा छैन
हेर्नु सडकपेटी दोबाटोको अलाप हुँदैछ माया

बांच्ने आधार हुनेगर्थ्यो,, मायालुका यादहरु
कुना'काप्चा खन्डहरमा, सखाप हुँदैछ माया

ईशारामा बात हुन्थ्यो कबितामा प्रेम फुल्थ्यो
नजान्नाले प्रेमगीत आज, खराब हुँदैछ माया

शुशेलीमा बग्ने प्रित ओठहुँदै नजरमा बस्थ्यो
बाहिर जलप, भित्र खोक्रो नकाप हुँदैछ माया 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...