Sunday, February 14, 2016

धराप हुँदैछ माया

भरोसाको थाम बिना,,, धराप हुँदैछ माया
मोह भोक असन्तुस्टीको, सराप हुँदैछ माया

मुटु बेच्छन् तराजुमा मोल के हो थाहा छैन
हेर्नु सडकपेटी दोबाटोको अलाप हुँदैछ माया

बांच्ने आधार हुनेगर्थ्यो,, मायालुका यादहरु
कुना'काप्चा खन्डहरमा, सखाप हुँदैछ माया

ईशारामा बात हुन्थ्यो कबितामा प्रेम फुल्थ्यो
नजान्नाले प्रेमगीत आज, खराब हुँदैछ माया

शुशेलीमा बग्ने प्रित ओठहुँदै नजरमा बस्थ्यो
बाहिर जलप, भित्र खोक्रो नकाप हुँदैछ माया 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...