Thursday, February 4, 2016

.......झैँ लाग्छ !

.....................................झैँ लाग्छ !

नानाथरी सपना बुनें, उध्रिए झैँ लाग्छ
ननीदाउने बानी अब, सुध्रिए झैँ लाग्छ !

उध्रिएकै बेश भन्छन्, नराम्रा ति सप्ना
आँफै सँग स्वप्नपरी, उफ्रिए झैँ लाग्छ !

टिप्न खोज्छु जून तारा, चाहनाका अंकुस्
मेरैलागि आकाश आज, कुप्रिए झैँ लाग्छ !

सधैं भरी साउन भदौ, हरियाली रोज्छु
मन्दलाग्ने दक्षिण हावा, सक्रिए झैँ लाग्छ!

ठडिए झै लाग्छ सामु, 'कल्पना'का महल्
जिन्दगीका सारा खुशी, थुप्रिए झैँ लाग्छ!

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...