Sunday, February 14, 2016

चाहिएन गुलाब सानु, ओइलाएर जान्छ


---
चाहिएन गुलाब सानु, ओइलाएर जान्छ
पत्र पत्र खस्दै, त्यो त मुर्झाएर जान्छ !!
दिनेभए देउ सानु, अजम्बरी साथ तिम्रो
हाम्रो "माया", दुबो झैँ मौलाएर जान्छ !!
फूल देउ चैते दशैमा माघमा देउ घुम्टो
तिम्रा अघि मेरा नजर लोलाएर जान्छ !!
चकलेट हैन, डाली भरी चोखोमाया देउ
जिन्दगी त तस्बिर हेरी टोलाएर जान्छ !!
गुन्यु र पटुकीमा सजिन्छु तिम्रा लागि
बषन्तका ती कोइलीले बोलाएर जान्छ !!
(मसिहीका पर्ब हाम्ले मनाउनु छैन अब
यस्तै हो भने सँस्कृती, बौलाएर जान्छ!!)
**(अन्तिम दुई लाइन मैले कुनै पूर्वग्राही बिना मनमा लागेको र देखेको मनको भावना ब्यक्त गरेको मात्र हो! कसैको भावनामा ठेस लाग्छ भने अहिले नै माफि मांगे )
तस्बिर:गुगल!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...