Saturday, February 6, 2016

भेटिन्छन् भने कहीं ईश्वर्,'शूल' चढाउनु!!

माग्छन् भने भगवानलाई, फूल चढाउनु
होइन भने मनमस्तिस्का, धूल चढाउनु!
आस्थाविश्वाश मार्नुहुन्न, सास रहुन्जेल्
मान्छे हो गल्ती हुन्छ त्यां भूल चढाउनु!
धैर्यको नि बांधहुन्छ, टुट्न फुट्न सक्छ
सुक्न लागे हिम'शिखरका, मूल चढाउनु!
गाउँसुन्य बस्तीसुन्य, लास बोक्ने छैनन्
पर्देशीए हाम्रा ती युवाहरुको, हूल चढाउनु!
पराकम्पनले ज्यानलियो, पशुपतीको देश 
भेटिन्छन् भने कहीं ईश्वर्,'शूल' चढाउनु!!
------------------
माफ गर्नु होला त्यती साह्रै नास्तिक म भैसकेको छैन है

pic own house yard! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...