Wednesday, February 3, 2016

'झड्केला'हरु धेरै भए, अंश खोज्दैछन्


गजल

'झड्केला'हरु धेरै भए, अंश खोज्दैछन्
निख्र्याएर पैत्रिक थलो, बंश खोज्दैछन् !

रावण पुज्छ त्यो लंका, हामी पूज्छौ शनी
सकिएको महाभारतमा, कंश खोज्दैछन् !

होशमा छन् कि बेहोशमा, मुखै भरी फिंज्
डसी भागी काली नागीन, दंस खोज्दैछन् !

अस्तित्व नै मेटाउंदैछन्, टेक्ने ठाउँ छैन  
खोतलेर आफ्नै चिहान, हंस खोज्दैछन्

बुधवार, २० माघ, २०७२, स्पेन 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...