Saturday, February 27, 2016

धुवाँमा सब थोक देख्छ मान्छे

धुवाँमा सब थोक देख्छ मान्छे
आबेगमा त झोक देख्छ मान्छे

क्षणभरको खुशीमा रमाउंदै तान्छ
सम्झायो भने जोक देख्छ मान्छे

अघाउन्न कहिल्यै प्यास हो भन्छ
कतै जवानीको भोक देख्छ मान्छे

सुन्दैन अर्ति चिन्दैन ओखती
उपदेश हैन टोक देख्छ मान्छे

ब्युँझन्छ तब जब गाडी छुट्छ
अनी मात्र त शोक देख्छ मान्छे

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...