Saturday, February 27, 2016

धुवाँमा सब थोक देख्छ मान्छे

धुवाँमा सब थोक देख्छ मान्छे
आबेगमा त झोक देख्छ मान्छे

क्षणभरको खुशीमा रमाउंदै तान्छ
सम्झायो भने जोक देख्छ मान्छे

अघाउन्न कहिल्यै प्यास हो भन्छ
कतै जवानीको भोक देख्छ मान्छे

सुन्दैन अर्ति चिन्दैन ओखती
उपदेश हैन टोक देख्छ मान्छे

ब्युँझन्छ तब जब गाडी छुट्छ
अनी मात्र त शोक देख्छ मान्छे

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...