Sunday, February 14, 2016

बाँकी! त्यहाँ सब थोक हुनेछ

हवसका पूजारी प्रेमी हुन्छन्
भने, त्यहाँ प्रेम भोक हुनेछ 

विश्वाश भरोशा मिलन हुँदैन
बाँकी! त्यहाँ सब थोक हुनेछ 


उठ्दैन सूनामी बिना कम्प त
टिक्दैन माया एक झोक हुनेछ

डस्नेछन् गुलाब कै कांडाहरुले
नओइलाउँदै गूलाब शोक हुनेछ

स्वतन्त्र छन् पंक्षि आकाशमा
जमीनमा सधैं रोकतोक हुनेछ

सम्हाल आज बेफिक्री पाइलाहरु
नत्र सामुन्ने अंकुश नोक हुनेछ

नखेल कसैको मन भावना सँग
यही आफ्नो सुन्दर लोक हुनेछ !!

हवसका पूजारी प्रेमी हुन्छन्
भने, त्यहाँ प्रेम भोक हुनेछ

विश्वाश भरोशा मिलन हुँदैन
बाँकी! त्यहाँ सब थोक हुनेछ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...