Sunday, February 14, 2016

बाँकी! त्यहाँ सब थोक हुनेछ

हवसका पूजारी प्रेमी हुन्छन्
भने, त्यहाँ प्रेम भोक हुनेछ 

विश्वाश भरोशा मिलन हुँदैन
बाँकी! त्यहाँ सब थोक हुनेछ 


उठ्दैन सूनामी बिना कम्प त
टिक्दैन माया एक झोक हुनेछ

डस्नेछन् गुलाब कै कांडाहरुले
नओइलाउँदै गूलाब शोक हुनेछ

स्वतन्त्र छन् पंक्षि आकाशमा
जमीनमा सधैं रोकतोक हुनेछ

सम्हाल आज बेफिक्री पाइलाहरु
नत्र सामुन्ने अंकुश नोक हुनेछ

नखेल कसैको मन भावना सँग
यही आफ्नो सुन्दर लोक हुनेछ !!

हवसका पूजारी प्रेमी हुन्छन्
भने, त्यहाँ प्रेम भोक हुनेछ

विश्वाश भरोशा मिलन हुँदैन
बाँकी! त्यहाँ सब थोक हुनेछ

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...