Thursday, February 4, 2016

कस्ले सुन्ने कल्पनाको, यो मौन चित्कार


सङ्ला थिए नेपाली पन, किन धमिल्यायौ ?
अनेक बाद अनेक तन्त्र, ब्यर्थै अमिल्यायौ

लामो यात्रा तय थियो, यी डगर् अप्ठ्यारा
राजनितीमा च्याखें थाप्दै, धेरै अल्मल्यायौ !!

अगुवा ती बेइमानी हाम्रा, कुर्चीमात्र ताक्ने
भत्ता भ्रमण उपचारमा, ढुकुटी गुट्मुट्यायौ !!

दुश्मन चिर्ने पूर्खा'थिए, आज देश चिर्दैछौ
संघियता'को नाममा, सिमाना लुट्पुट्यायौ !!

कस्ले सुन्ने कल्पनाको, यो मौन चित्कार
मझधारमा डुङ्गा पुर्याइ, आँफै ढल्मल्यायौ !!
--
मेरा साहित्यीक मन मित्रहरुमा शुभपल , नमन 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...