Monday, February 15, 2016

कि अचानो, कि दापमा खोज्नु मलाई

कि अचानो, कि दापमा खोज्नु मलाई
चौतर्फी बाट त्यै चापमा खोज्नु मलाई

नखोज्नु ब्यर्थै ती स्वतन्त्रताका पंखहरु
दबिएको छु, कर कापमा खोज्नु मलाई

चोखो छ दुनियाँ दुधले नुहाएकाहरु छन्
बदनामी गल्लीका छापमा खोज्नु मलाई

फूल्दैन फूल, बगर बालुवामा कहिल्यै
दब'दबे गढुवा, ढापमा खोज्नु मलाई

मन्दिर चर्च, मस्जिद, गुम्बा नधाउ  
धर्ममा पाउन्नौ, पापमा खोज्नु मलाई 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...