Sunday, February 7, 2016

लिपुलेकका, टाकुरा रुंदैछन् !!

-------------------
सबल नेपाली यी हाम्रा, पाखुरा रुंदैछन्
ती जमरा झै दसैंका, आँकुरा रुंदैछन्
राजधानी ब्यस्त, उद्घाटन भोज भतेरमा
नुन छैन त्यो सुदुरपश्चिम, बाजुरा रुंदैछन्
पूर्वका चिया मिठा पश्चिमका घाँटु देउडा
दक्षिणका तोरी, उत्तरका साकुरा रुंदैछन्
कठै! ति आमा, जन्माइन हुर्काइन हिजो
आज आफ्नै मायाजालमा, माकुरा रुंदैछन्
हांसी राख्ने हिम'शिखर, डुलि राख्ने डाँफे
खोसौं लडौं लिपुलेकका, टाकुरा रुंदैछन् !! 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...