Sunday, February 7, 2016

लिपुलेकका, टाकुरा रुंदैछन् !!

-------------------
सबल नेपाली यी हाम्रा, पाखुरा रुंदैछन्
ती जमरा झै दसैंका, आँकुरा रुंदैछन्
राजधानी ब्यस्त, उद्घाटन भोज भतेरमा
नुन छैन त्यो सुदुरपश्चिम, बाजुरा रुंदैछन्
पूर्वका चिया मिठा पश्चिमका घाँटु देउडा
दक्षिणका तोरी, उत्तरका साकुरा रुंदैछन्
कठै! ति आमा, जन्माइन हुर्काइन हिजो
आज आफ्नै मायाजालमा, माकुरा रुंदैछन्
हांसी राख्ने हिम'शिखर, डुलि राख्ने डाँफे
खोसौं लडौं लिपुलेकका, टाकुरा रुंदैछन् !! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...