Tuesday, February 23, 2016

Required edit

यहि मौसम बेईमान हो कि, मन थाहा छैन
दिल्'दिमाग बिचको अन्तर, झन थाहा छैन !!

दुखेको छ छाती मेरो, चस्कन्छ राती धेरै
त्यही मायालुको मार होकि, घन थाहा छैन !!

यादहरुले बोलाए जस्तो, लाग्न थाल्यो एकान्तमा
वारी खोला सुसाएको हो कि पारी, बन थाहा छैन !!

ईशाराको सहारामा, बांच्छौं ' मर्छौं भन्ने गर्थे
त्यो पिरतीले रूप खोज्छ कि, धन थाहा छैन !!

देखावटी भयो संसार, माथिमाथि सतहमा
गहिराईमा माया छ कि , तन थाहा छैन !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...