Saturday, February 27, 2016

चाहन्छु

हिजोआज गुमनाम हुन चाहन्छु
मदहोशी एक जाम हुन चाहन्छु !

आखिर्‍ केनै छ सादगीमा साथी
दुनियाँ'मा बदनाम हुन चाहन्छु !

गलहत्तिएं म मन्दिर बाट हिजो
साराले पूजने धाम हुन चाहन्छु !

न बनबास सकियो न सीता चोखीन्
रावण् त धेरै भए,, राम हुन चाहन्छु !

बेरोजगारीले आक्रान्त छ मान्छे
सजिलै भेटिने काम हुन चाहन्छु  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...