Saturday, February 27, 2016

चाहन्छु

हिजोआज गुमनाम हुन चाहन्छु
मदहोशी एक जाम हुन चाहन्छु !

आखिर्‍ केनै छ सादगीमा साथी
दुनियाँ'मा बदनाम हुन चाहन्छु !

गलहत्तिएं म मन्दिर बाट हिजो
साराले पूजने धाम हुन चाहन्छु !

न बनबास सकियो न सीता चोखीन्
रावण् त धेरै भए,, राम हुन चाहन्छु !

बेरोजगारीले आक्रान्त छ मान्छे
सजिलै भेटिने काम हुन चाहन्छु  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...