Tuesday, February 2, 2016

हिजो'आज किन किन रात मन पर्छ


कल्पना आचार्य पौडेल 

हिजो'आज किन किन रात मन पर्छ
शिशिरमा झरेका तिनै पात मन पर्छ

जिउन जानें मतलबी,, यही दुनियाँमा
आफ्ना भन्नेहरुको त, घात मन पर्छ

भेटें दुधले नुहाएका, फोहोरी मान्छे
लाउंछन् भने लाउन,, बात मन पर्छ

नशा भन्छन् जिन्दगी, पिउन जान्नेहरु
आज भोली एकान्तमा, मात मन पर्छ

गौंडा कुर्छन् बेइमानी ढापमार्ने निहुंमा
जंघार'मा भेटिएका,,, हात मन पर्छ !!
----------
गीत कि गजल छुट्याउने जिम्मा साहित्यीक मनहरुको है !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...