Wednesday, February 24, 2016

को बदनाम छैन

बताउ यहाँ,, को बदनाम छैन
मान्छे नपुगेको कुनै धाम छैन?
चाहना मान्छेको बाल्मिकी बन्ने
र पनि कसैको मुखमा राम छैन!
अंध्यारो मन चुक घोप्टे जस्तो
उज्यालो त छ यहाँ घाम छैन !
अडिएकै छ दुनियाँ देख्नेहरु छन्
कसरी अडियो बलियो थाम छैन!
दुख्योदुख्यो भन्छन् छाती सब
देखिन्नन् घाऊ निल डाम छैन!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...