Monday, February 15, 2016

अहा! कमलले, झिलमा राज गरे

















नजरमा बस्नेले,,, दिलमा राज गरे
झस्कन्छ अझै यो, खिलमा राज गरे

उडायो सपना, क्यालेन्डरका पन्ना झै
कठै यी यादहरु,,, किलमा राज गरे

दिनेलाई के थाहा, ब्यथा केहो भनेर
नुनीला पानीले, डिलमा राज गरे


आकाश जत्रो फराकीलो छाती छ भन्थे
त्यही निस्ठुरी आज्, तिलमा राज गरे

गुलाब गुलाब, गुलाब कै चर्चा छ
अहा! कमलले, झिलमा राज गरे




No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...