Monday, February 15, 2016

अहा! कमलले, झिलमा राज गरे

















नजरमा बस्नेले,,, दिलमा राज गरे
झस्कन्छ अझै यो, खिलमा राज गरे

उडायो सपना, क्यालेन्डरका पन्ना झै
कठै यी यादहरु,,, किलमा राज गरे

दिनेलाई के थाहा, ब्यथा केहो भनेर
नुनीला पानीले, डिलमा राज गरे


आकाश जत्रो फराकीलो छाती छ भन्थे
त्यही निस्ठुरी आज्, तिलमा राज गरे

गुलाब गुलाब, गुलाब कै चर्चा छ
अहा! कमलले, झिलमा राज गरे




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...