Thursday, February 11, 2016

जनाब चाहिएन!!

गजल??
,,,,,,,,,,
ओईलाएर जाने, गुलाब चाहिएन
जीतहारको सधैं, चुनाब चाहिएन!!

घुंटनमा नै जिउनुपर्छ भने भोलि
आज राजकुमार, जनाब चाहिएन!!

स्वतन्त्र छन अझै, मनहरु मेरा
त्यसैले त भन्दैछु, दबाब चाहिएन!!

सिकीसकें म बांच्न, भरिपूर्ण छु
पिरतीको नाममा, अभाब चाहिएन!!

जिन्दगी एक 'दर्पण' हो भने प्रिय
आदर्शका बकबास्, किताब चाहिएन !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...