Thursday, February 11, 2016

जनाब चाहिएन!!

गजल??
,,,,,,,,,,
ओईलाएर जाने, गुलाब चाहिएन
जीतहारको सधैं, चुनाब चाहिएन!!

घुंटनमा नै जिउनुपर्छ भने भोलि
आज राजकुमार, जनाब चाहिएन!!

स्वतन्त्र छन अझै, मनहरु मेरा
त्यसैले त भन्दैछु, दबाब चाहिएन!!

सिकीसकें म बांच्न, भरिपूर्ण छु
पिरतीको नाममा, अभाब चाहिएन!!

जिन्दगी एक 'दर्पण' हो भने प्रिय
आदर्शका बकबास्, किताब चाहिएन !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...