Sunday, February 21, 2016

तिम्रा नजर

कति पारीला छन् ति तिम्रा नजर
अनि धारीला छन् ति तिम्रा नजर

जाँदैन ध्यान अन्त धरोधर्म सानु
अति खारीला छन् ति तिम्रा नजर

लाग्दैन हिजोआज निन्द्रा र भोक
साह्रै आडीला छन् ति तिम्रा नजर

झपक तिम्रा परेलीमा लुक्न चाहें
उ'ति टारीला छन् ति तिम्रा नजर

थिच्छ छाती यो मन सधैं सधैं नै
कति भारीला छन् ति तिम्रा नजर 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...