Monday, February 29, 2016

नग्नता माथिका बिजेताहरु


Kalpana Paudel Acharya 

नग्नता माथिका बिजेताहरु
उन्मादमा छन्
आगो पिएर धुवाँ ओकल्नेहरु
खरानी डकार्दै
नारी समानताका नारामा
'जिन्दाबाद'
अब सोच्नुस् ,,
कथित जिउंदो 'म'
म माथि नठोसिएका होइनन्
बिंडी र चुरोटका ठुटाहरु
कहिले घांटी त कहिले
कोमल जांगहरुमा,
त्यसैले आज म अचम्म मान्दिन
कि निर्जिब निर्बस्त्र
एेस्ट्रे नामक अलंकारमा।
निभाउँदै छन् पुरुष
आफ्नै अहंकार
सायद,
सोच्दै होलान् कि कुनै ठुलो युद्ध नै जित्यौं भनेर।
खै के सोच्यो कालिगढले
अनि के सोच्दैछन्
'धुम्रकेतुहरुले'।
कालिमाटी पनि लजाइ होली
तर किन
लजाएनन् कालिगढका औँलाहरु?उठान सोचनिय छन्।
र औचित्यहिन पनि।
यही हो २१औं सताब्दिको
जेन्डर - डिस्क्रिमिनेसन,
लिङिय बिभेद
पक्षपात, जे भने पनि
जतै नै औंला ठड्याए पनि
नारी समानता र हकको लागि
तिनै औंलाहरु हुन्
बिंडी र चुरोटका खिल्ली समाउंदै
सडकका नग्नता माथि खिल्ली उंडाउनेहरु।
अनि बिबस छ त्यही नग्न नारी
यो पुरुष प्रधान समाजमा।।

अस्तु
-------
(तस्बिर फेसबुक: सारीका श्री)
- कल्पना आचार्य पौडेल
रामपुर चितवन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...