Wednesday, March 2, 2016

जति बर्षिए पनि आज

जति बर्षिए पनि आज
भोलि घाम उदाउनेछ,
न तर्सा ए कालो बादल
यसै त मन कुंडिएको बेला
धन्न छस्, तं इन्द्रेणी
क्षितिज सँग क्षितिज जोड्छस्
थुप्रै सम्बन्धहरु चुंडिएको बेला
बिजुली र चट्याङ्गले त म
तर्सिन्न होला, किन कि
धेरै सहीसकेको छु
जिन्दगीका बज्रपातहरु।

जति बर्षिए पनि आज
भोलि घाम उदाउनेछ,
बाछिटा र तप्कानाका आवाज मेरा
निदरी बोलाउने लोरी हुन
रसाएका यी भित्ताहरु
जोरी हुन,
आन्धी र तुफान मेरा साथी हुन
त्यसैले,
नतर्सा ए कालो बादल,
तर्सिन्न यो "कल्पना"

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...