Thursday, March 31, 2016

लहरले नै रहेछ,, लहरलाई पछ्याउने

लहरले नै रहेछ,, लहरलाई पछ्याउने
रहरले नै रहेछ,, रहरलाई पछ्याउने !
छालहरु घट्दै गए, किनारालाई छाड्दै
बगरले नै रहेछ,,, बगरलाई पछ्याउने !
जिन्दगी त यात्रा नैहो, भन्नेले ठिकै भने
डगरले नै रहेछ,, डगरलाई पछ्याउने !
कसले भन्छ पापी,, आकाशको जुनतारा
प्रहरले नै रहेछ,,,, प्रहरलाई पछ्याउने !
सबैले कहाँ भेट्छन, जीवनका अमृतधारा
जहरले नै रहेछ,,,, जहरलाई पछ्याउने !

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...