Thursday, March 31, 2016

लहरले नै रहेछ,, लहरलाई पछ्याउने

लहरले नै रहेछ,, लहरलाई पछ्याउने
रहरले नै रहेछ,, रहरलाई पछ्याउने !
छालहरु घट्दै गए, किनारालाई छाड्दै
बगरले नै रहेछ,,, बगरलाई पछ्याउने !
जिन्दगी त यात्रा नैहो, भन्नेले ठिकै भने
डगरले नै रहेछ,, डगरलाई पछ्याउने !
कसले भन्छ पापी,, आकाशको जुनतारा
प्रहरले नै रहेछ,,,, प्रहरलाई पछ्याउने !
सबैले कहाँ भेट्छन, जीवनका अमृतधारा
जहरले नै रहेछ,,,, जहरलाई पछ्याउने !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...