Saturday, March 5, 2016

मन हुने रुने गर्छ, ढुङ्गा थाहा छैन

मन हुने रुने गर्छ, ढुङ्गा थाहा छैन
कोपीलामै झरें म त, थुङ्गा थाहा छैन

आँखा दौडे बादल् माथि, लट्टाइ हातैमा
बैरी लागे धागो चुंड्यो, चङ्गा थाहा छैन

हिरामोती सुन के हो, चिन्नु के मलाई
जता ततै फूल रोप्छु, मुङ्गा थाहा छैन

हतार् हतार्‍ घाट पुग्छु, माझी कता गयो
पुग्नु पर्ने पारी थियो,, डुङ्गा थाहा छैन

जीवन् के हो बुझ्न सके, बाँचेको सार्‍ हुन्थ्यो  
तुल्षीको मोठ् तिर्थ आफ्नो, गङ्गा थाहा छैन  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...