Saturday, March 5, 2016

मन हुने रुने गर्छ, ढुङ्गा थाहा छैन

मन हुने रुने गर्छ, ढुङ्गा थाहा छैन
कोपीलामै झरें म त, थुङ्गा थाहा छैन

आँखा दौडे बादल् माथि, लट्टाइ हातैमा
बैरी लागे धागो चुंड्यो, चङ्गा थाहा छैन

हिरामोती सुन के हो, चिन्नु के मलाई
जता ततै फूल रोप्छु, मुङ्गा थाहा छैन

हतार् हतार्‍ घाट पुग्छु, माझी कता गयो
पुग्नु पर्ने पारी थियो,, डुङ्गा थाहा छैन

जीवन् के हो बुझ्न सके, बाँचेको सार्‍ हुन्थ्यो  
तुल्षीको मोठ् तिर्थ आफ्नो, गङ्गा थाहा छैन  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...