Thursday, March 24, 2016

जिन्दगी आँफै घाऊ हो, चोट नसम्झ

जिन्दगी आँफै घाऊ हो, चोट नसम्झ
'चन्द्रमा'को सौन्दर्यता, खोट नसम्झ

स्विकार्नै पर्ने रैछ, हरेक बाधाअड्चन
गतिशिल छ 'जिन्दगी', ओट नसम्झ

खन्डहर लाग्छ कतै, कतै भब'सागर
'बँगैचा' हो आङ्गनको, बोट नसम्झ
 
मुल्यनअबमुल्यन, जीवन अर्थशास्त्रमा
'चिल्लर'नी हुन सक्छन् नोट नसम्झ

स्वतन्त्र छौ, जन्मसिद्ध अधिकार तिम्रो
'नमस्कार'! मा बेचिने, भोट नसम्झ

जिन्दगी आँफै घाऊ हो, चोट नसम्झ
'चन्द्रमा'को सौन्दर्यता, खोट नसम्झ
----------
एस बि स्वतन्त्र  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...