Thursday, March 24, 2016

जिन्दगी आँफै घाऊ हो, चोट नसम्झ

जिन्दगी आँफै घाऊ हो, चोट नसम्झ
'चन्द्रमा'को सौन्दर्यता, खोट नसम्झ

स्विकार्नै पर्ने रैछ, हरेक बाधाअड्चन
गतिशिल छ 'जिन्दगी', ओट नसम्झ

खन्डहर लाग्छ कतै, कतै भब'सागर
'बँगैचा' हो आङ्गनको, बोट नसम्झ
 
मुल्यनअबमुल्यन, जीवन अर्थशास्त्रमा
'चिल्लर'नी हुन सक्छन् नोट नसम्झ

स्वतन्त्र छौ, जन्मसिद्ध अधिकार तिम्रो
'नमस्कार'! मा बेचिने, भोट नसम्झ

जिन्दगी आँफै घाऊ हो, चोट नसम्झ
'चन्द्रमा'को सौन्दर्यता, खोट नसम्झ
----------
एस बि स्वतन्त्र  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...