Thursday, March 31, 2016

Song

धकाएर होइन सानु फकाएर बोलाउ
नजरमा नजर सानु झुकाएर बोलाउ

ईशाराले केहीसोध ईशारामै दिउंला जवाफ
टाढा भएंभने घाँटी सुकाएर बोलाउ

पिरब्यथा यस्तै नै हुन, दुखसुख बाढौं
परेलीमा आसुँ भए लुकाएर बोलाउ

अल्झिएका रहरहरु अनेकौं ति सपनाहरु
मनका गाँठोहरु सानु फुकाएर बोलाउ

धकाएर होइन सानु फकाएर बोलाउ
नजरमा नजर सानु झुकाएर बोलाउ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...