Thursday, March 31, 2016

Song

धकाएर होइन सानु फकाएर बोलाउ
नजरमा नजर सानु झुकाएर बोलाउ

ईशाराले केहीसोध ईशारामै दिउंला जवाफ
टाढा भएंभने घाँटी सुकाएर बोलाउ

पिरब्यथा यस्तै नै हुन, दुखसुख बाढौं
परेलीमा आसुँ भए लुकाएर बोलाउ

अल्झिएका रहरहरु अनेकौं ति सपनाहरु
मनका गाँठोहरु सानु फुकाएर बोलाउ

धकाएर होइन सानु फकाएर बोलाउ
नजरमा नजर सानु झुकाएर बोलाउ 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...