Friday, March 11, 2016

पत्थर हुँं म,



तस्बिर र कला:मित्र लालकाजी लामा (फेसबुक) 

हो,
म पत्थर भएको छु
पत्थर हुँं म,
ढुङ्गा भन या चट्टान


गुण दोश जाहेर छ।
आउ पूज मलाई
केसरी र सिम्रिकले
मलाई 'लिङ्ग' सम्झ
शिव लिङ्ग, ज्योतिर्लिङ्ग  
किन कि
एउटाले त देउता बनाउनै पर्छ मलाई
किन कि म बेढङ्गको पत्थर हुँं
लम्पसार सडक जस्तै
मौन देश जस्तै।

आउ खोप शिल्पकारहरु हो
दुख्दैन मलाई
औजार चलाऊ म माथि
किन कि रगत बग्दैन।
तर तिम्रा आकृतिहरु बोल्नेछन्
यो अमुक समाजमा।
शुक्ष्म चछ्युहरुले केलाउनेछन्
तिम्रा आकृतिहरु।
जहाँ भेटिनेछन्
माया, द्देस, आबेग, खुशी
बेदनाहरु
हास्य, रौद्र,करुण, शान्त
अद्भुत, बीर, सृङ्गार
कबिताका सारा रसहरु।

फ्रायड र अाइन्स्टाइनका
मायाका व्याख्या हुन् या
मोनालिसाका मन्द मुस्कान
पिकासोका अद्रिस्य भावना हुन,
भेटिनेछन् सारा ब्यथाहरु
तिम्रा खोपाइारुमा
ढुङ्गाका चोट र घाऊहरुमा।

ए शिल्पकार!
तिम्रा कुची र औजारहरुले
चिन्न सकेका छन्
मेरा अब्यक्त अनुभुतिहरु
ज्वलन्त पार्दैछन् मेरा
भाब भिङ्गिहरु।
खुशी छु म
पथर हुन पाएकोमा।
तिम्रा रङ्गहरु
सिम्रिक र केशरी भन्दा फरक छन्
त्यहां क्षितीजका रङ्ग भेटिन्छन्
बिहानी र सन्ध्याका लालिकिरणहरु
अनि भेटिनेछन् सिन्दुरीहरु,
चट्टान हुँ म तर
उंडिरहेको हुन्छु म
स्वतन्त्र परेवाहरु झैं।

बिद्रोह झल्किन्छन् पत्थरहरुमा
नारा गुन्जिन्छन् ढुङ्गाहरुमा
केवल खांचो छ,
कचेरा रहित दृष्‍टिकोणहरु
परिवर्तीत मनहरु।

पत्थर हुँं म
आउ सास भर म मा
जीवन्त देउ मलाई
ए शिल्पकारहरु हो!

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...