Monday, March 7, 2016

दाप् पुरानै केभो तरबार फेरिन्छ

कतै न कतै त, दरबार फेरिन्छ
सुन्दैछु छिट्टै नै, सरकार फेरिन्छ !
ढाल्ने ढलाउने, बस् लोकतन्त्रमा
दाप् पुरानै केभो तरबार फेरिन्छ !
बल्दैन आगो, ओढालिन्न ढिंडो कतै
र पनि भन्दैछन्, घरबार फेरिन्छ !
लगाउ बार दरो छिमेक चण्डाल छ
कामना गरौं अब छेकबार फेरिन्छ !
तिम्रा बोलीनै त, हुन पिपल पाते
आखिर भाषण, बारबार फेरिन्छ !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...