Friday, March 11, 2016

मन पर्‍यो

फूल् नयाँ होकि भमरो, बगान मन पर्‍यो
बगान बाहिर भमराका, बथान मन पर्‍यो !!

टिप्ने रहर् कस्लाई हुन्न, माली नदेखे पछी
बषन्त ऋतुमा बैंशालु, लगान मन पर्‍यो !!

किनबेच्  हुनुहुन्न भन्थे, चोखो मायापिरती
जताततै देख्छु दिलको, दुकान मन पर्‍यो !!

न सारङ्गीले रेट्छ 'कथा', न मैनाले गाउँछे
यी हमराही आशिकोंका , मकान मन पर्‍यो !!

वल्लो डाली पल्लो डाली, नाच्न थाल्यो भमरो
उकाली ओरालीका यिनै , थकान मन पर्‍यो !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...