Friday, March 11, 2016

मन पर्‍यो

फूल् नयाँ होकि भमरो, बगान मन पर्‍यो
बगान बाहिर भमराका, बथान मन पर्‍यो !!

टिप्ने रहर् कस्लाई हुन्न, माली नदेखे पछी
बषन्त ऋतुमा बैंशालु, लगान मन पर्‍यो !!

किनबेच्  हुनुहुन्न भन्थे, चोखो मायापिरती
जताततै देख्छु दिलको, दुकान मन पर्‍यो !!

न सारङ्गीले रेट्छ 'कथा', न मैनाले गाउँछे
यी हमराही आशिकोंका , मकान मन पर्‍यो !!

वल्लो डाली पल्लो डाली, नाच्न थाल्यो भमरो
उकाली ओरालीका यिनै , थकान मन पर्‍यो !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...