Tuesday, March 29, 2016

मानबता सुन्य मान्छेको बस्ती

म हराउंदै छु, बिलाउंदै छु
बिवेक सुन्यहरुको भिडमा
सायद कोमल मनमुटु पनि
पत्थरिला हुँदैछन्
भावना सुन्यहरुको भिडमा
म आँफैलाई खोज्दैछु,
खै किन हो
म पनि पृथक हुन सकिन,
भिडको आकर्सण बिना नै
त्यतै हुत्तिएको भान हुँदैछ
अफसोच,
मान्छे ढुङ्गाको बगैंचामा
रमाउन चाहन्छन् तर
थर्थराएका पाइलाहरुलाई
मार्ग दिन चाहंदैनन्।।
मान्छे हो मानब हुन चाहंदैन
ठुला ठुला भाषण र दर्शन छाँट्छ
तर अङिकार गर्न सक्दैन
जातियता र धर्ममा अर्को
उपनिवेश बनाउन चाहन्छ।
हो म आज
त्यस्तै भिडबाट भाग्न चाहन्छु
एक्लिन चाहन्छु
चाहन्न म
मानबता सुन्य मान्छेको बस्ती  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...